Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताकाे सम्पत्ती एकै दिन १ खर्वले बढ्याे, अधिकांश बैंकका लगानीकर्ता मालामाल

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १६ : ३३ मा प्रकाशित

लगानीकर्ताकाे सम्पत्ती एकै दिन १ खर्वले बढ्याे, अधिकांश बैंकका लगानीकर्ता मालामाल

अर्थ संसार, काठमाडौं–  लगातार बढेकाे बजारमा आइतबार एकै दिन सेयर लगानीकर्ताहरूले १ खर्व ५४ कराेडभन्दा बढी कमाएका छन् । बजार पूँजी करणका हिसावले लगानीकर्ताकाे सम्पत्ती १ खर्व ५४ कराेड ४४ लाख रूपैयाँले बढेकाे छ ।

गत साता काराेबार भएकाे अन्तिम दिन विहिबार बजार पूँजीकरण २५ खर्व ३७ अर्व ४४ कराेड २२ लाख रूपैयाँ थियाे । अाइतबार भने अधिकांश कम्पनीकाे सेयर मूल्य बढेसँगै बजार पूँजीकरण २६ खर्व ३७ अर्व ४४ कराेेड २२ लाख रूपैयाँ पुगेकाे छ । यस दिन अधिंकाश बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाएका छन् । बढेकाे बजारमा केही कम्पनीका लगानीकर्ताले एकै दिन १० प्रतिशतभन्दा बढीले सम्पत्ती बढाएका छन् ।

बजारमा सेन्चुरी कमर्सियल बबैंक नेपाल इन्भेस्टमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, ग्लाेबल आइएमइ बैंक, गरमा विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, एनसिसि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, लुम्विनी विकास बैंक, ज्याेति विकास बैंक र मितेरी विकास बैंकका लगानीकर्ताकाे सम्पत्ती १० प्रतिशतले बढेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको