Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको सञ्चालकमा अंगिर मान सिंह र तारा मानन्धर

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १२ : ३१ मा प्रकाशित

प्रभु बैंकको सञ्चालकमा अंगिर मान सिंह र तारा मानन्धर

प्रभु बैंकको सञ्चालकमा अंगिर मान सिंह र तारा मानन्धर नियुक्त भएका छन् ।

वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले सिंह र मानन्धरलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले रमेश सिंह खड्का, शंकर प्रसाद कालीकोटा र गीता प्रधानले बैंकको सञ्चालक पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

खड्का र कालीकोटा संस्थापक सेयरधनीको समूहबाट तथा प्रधान स्वतन्त्र समूहबाट बैंकको सञ्चालक रहेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको