इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना परिणाम अनुसार अहिले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् ।
प्रारम्भिक गणनामा अगाडि परेका नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई नेम्बाङले उछिनेका हुन् । पछिल्लो मतगणना अनुसार सुहाङ नेम्वाङले दुई हजार पाँच सय ४२ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्दी डम्बरबहादुर खड्का दुई हजार एक सय ९७ मतका पछ्याइरहेका छन् । तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन् ।
मतगणना कार्य आज मध्यान्हदेखि शुरु भएको थियो । पहिलो चरणमा फाकफोकथुम गाउँपालिकामा रहेका मतदान केन्द्रको मत गणना भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस