Like us!
Follow us!
Connect us!
Watch us!

इलाममा ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १७ : ४९ मा प्रकाशित

इलाममा ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै

इलाम २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन्। फाकफोकथुम गाउँपालिका( १, २ र ३ को मतगणना गर्दा खड्का नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङभन्दा ४२ मतले अगाडि छन्।

४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३  र एमालेका नेम्वाङले १ हजार ६०१ मत पाएका छन् । 

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको