Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकमा सस्तो हवाई टिकट भेटियो ? सावधान ठगीमा परिएला...

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १८ : ४२ मा प्रकाशित

फेसबुकमा सस्तो हवाई टिकट भेटियो ? सावधान ठगीमा परिएला...

सस्तोमा मिलाइदिने भन्दै नक्कली हवाई टिकट बेच्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-५  घर भएकी सुनिता लामिछानेलाई फेसबुकमार्फत सम्पर्क गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीया लामिछानेले काठमाडौँ महानगर-२८ बागबजारमा जोइन्ट भिजन ट्राभल एण्ड टुर प्रालि सञ्चालन गरी ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

नक्कली टिकट बेचेको भनी ८ जनाले प्रहरीमा जाहेरी दिएको जनाइएको छ । उनीविरूद्ध  काठमाडौँ जिल्ला प्रहरी परिसरमा पनि बैंकिङ कसुर मुद्दामा तीनवटा निवदेन परेको प्रहरीको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको