Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलन केन्द्रित सेयर लगानीकर्ता आन्दोलनमा, आज १ बजे माइतीघरमा प्रदर्शन गर्ने

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, १० : २४ मा प्रकाशित

लगानी सम्मेलन केन्द्रित सेयर लगानीकर्ता आन्दोलनमा, आज १ बजे माइतीघरमा प्रदर्शन गर्ने

सेयर बजारका लगानीकर्ताले लगानी सम्मेलनको एक दिन अगाडी आज माइतीघरमा प्रदर्शन गर्ने भएका छन्।लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना गर्दैछ। 

सरकारले स्वदेशी लगानीकर्ताको माग र अवस्थालाई बेवास्ता गरेर विदेशी लगानीकर्तालाई लगानी सम्मेलन गर्न लागेको भन्दै आक्रोशित लगानीकर्ताले लगानी सम्मेलन केन्द्रित आन्दोलन गर्न लागेका हुन्। 

शुक्रबार विभिन्न लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर लगानीकर्ता उपेन्द्र पाठकको संयोजकत्वमा आन्दोलन परिचालित समिति गठन गरिएको छ। पाठकले आज शनिबार लगानीकर्तालाई माइतीघरमा आन्दोलनको पहिलो कार्यक्रम गर्ने १ बजे आवहान गरेका छन्। 

आन्दोलन परिचालित समितिले पुँजीबजारको आन्दोलनलाई १० नारा सार्वजनिक गरेको छ। 

१) स्वदेशी लगानीको सुरक्षा गर, नसके स्टकमार्केट बन्द गर।

२) स्वदेशी लगानीको संरक्षण गर, लगानीको वातावरण तयार गर।

३) ६२ लाख लगानीकर्तालाई विदेश पलायन गराउने स्थायी काम बन्द गर।

४) लगानीमैत्री नीति लागु गर।

५) लगानीकर्तामारा मौद्रिक नीति र लगानी क्याप खारेज गर।

६) नियामक निकायमा योग्य व्यक्ति अबिलम्ब नियुक्ति गर।

७) पूँजीबजार माथिको नाङ्गो हस्तक्षेप बन्द गर।

८) प्रिमियममा आइपिओ जारी गर्ने काम बन्द गर।

९) नियमनकारी निकायमा स्वार्थ समुहको भर्ती बन्द गर।

१०) संस्थागत लगानीकर्ता भित्र्याउने वातावरण तयार गर।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको