Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगद रहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १८ : २६ मा प्रकाशित

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच  नगद रहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता

गण्डकी ट्याक्सी व्यवसाय प्राइभेट लिमिटेड र प्रभु बैंकबिच नगद रहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ  । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसायीको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् । 

गण्डकी ट्याक्सी व्यवसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न,आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्तगर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न,महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सम्झौता गरिएको हो  । 

उक्त कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

गण्डकी ट्याक्सी व्यवसायीमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिटकार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरुउपलब्ध गराइएको छ । 

निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ । 

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिटकार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुत गरिएको थियो । 

पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको