एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएकाे छ । संस्थाले एक सूचना प्रकाशन गर्दै नाम परिवर्तन गरि नयाँ नाम "किसान लघुवित्त वित्तीय संस्था लिमिटेड" राखिएकाे जानकारी गराएको छ ।
यसका साथ साथै, नेप्सेमा काराेबारका लागि प्रयाेग गरिने संस्थाकाे सिम्बाेल समेत परिवर्तन भएकाे छ । अब उप्रान्त नेप्सेमा संस्थाकाे साधारण शेयरको कारोबार KLBSL र संस्थापक शेयरको कारोबार KLBSLP सिम्बाेलबाट हुनेछ ।
सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहेकाे एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिमकाे लम्कीचूहा नगरपालिकामा रहेकाे किसान माइक्राेफाइनान्स र काभ्रेपलान्चाेक जिल्लाकाे भकुन्डेबेसीमा रहेकाे दिव्य लघुवित्तलाई प्राप्ति गरी असार २९ गते, साेमबारबाट एकीकृत कारोबार सुरु गरेकाे थियाे । मर्जर पश्चात "एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु भएकाे थियाे । साेही नाम अहिले परिवर्तन गरिएकाे हाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना हेनुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस