Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको नाफा ३९.४० प्रतिशतले बढ्यो

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १० : ११ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको नाफा ३९.४० प्रतिशतले बढ्यो

प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो वर्षको सोहि अवधिको तुलनामा बैंकको यो नाफा ३९.४० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको सोहि अवधिमा बैंकको खुद व्याज २ अर्ब १६ करोड रुपैयाँ रहेको थियो। 

त्यसैगरी, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकका सञ्चालन मुनाफा पनि बढेर २ अर्ब ५९ करोड रुपैयाँ भएको छ। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंको  प्रतिसेयर आम्दानी (ईपीएस) २२.५५ रुपैयाँ रहको छ भने प्रतिसेयर नेटवर्थ १३९.३३ रुपैयाँ रहेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको