Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच उद्यमीहरुलाई सहयोग गर्ने सम्बन्धमा सहकार्य

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १६ : ४७ मा प्रकाशित

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच उद्यमीहरुलाई सहयोग गर्ने सम्बन्धमा सहकार्य

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बंैक र नेपाल महिला उद्यमी महासंघ (FWEAN), एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान  र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । 

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ । 

यसका साथै ती उद्यमीहरुले नेपाल महिला उद्यमी महासंघबाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरताकार्यक्रमपनि सञ्चालन गर्ने योजना रहेको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र रीता  सिम्हा, अध्यक्ष, नेपाल महिला उद्यमी महासंघले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको