Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको नाफा ८३.६१ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

अर्थ संसार

बुधबार, २१ माघ २०७७, ०९ : ४८ मा प्रकाशित

महुली लघुवित्तको नाफा ८३.६१ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ८३.६१ प्रतिशतले धेरै  हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्ज गरेको थियो।

दोस्रो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी ९ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोहि अवधिमा खुद आम्दानी ८ करोड ९७ लाख रुपैयाँ रहेको थियो।


दोस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा ४ करोड २२ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन नाफा ३ करोड २७ लाख रुपैयाँ थियो। 

संस्थाको चुक्तापुँजी १८ करोड ६६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) ३३.१८ रुपैयाँबाट बढेर ३९.९६ रुपैयाँ भएको छ। संस्थाको प्रतिसेयर नेटवर्थ २२५.४७ रुपैयाँ रहेको छ। 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

601a214278e21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको