Like us!
Follow us!
Connect us!
Watch us!

भर्नु भयो एनआइसी एसियाको हकप्रद ? आज अन्तिम दिन

मंगलबार, १९ बैशाख २०७४, १३ : ३० मा प्रकाशित

भर्नु भयो एनआइसी एसियाको हकप्रद ? आज अन्तिम दिन

अर्थ संसार, 
काठमाडौं– एनआइसी एसिया बैंकको हकप्रद सेयर भर्नु भयो ? नभरेको भए आजै गर भर्नुहोस् । किन कि आवेदन भर्ने आज अन्ति दिन हो । 

एनआइसीले चैत १६ गतेदेखि ९१००ः१५० अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने क्रममा एनआइसीले १५५ हकप्रदको बाटो रोजेको हो । कम्पनीको यो हकप्रद सेयरमा चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

 सभिल क्यापिटल मार्केट लिमिटेड
एनआइसीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी बैंकको मुख्य कार्यालय थापाथली काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको