Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंककोे एक करोड भन्दा बढीको एफपिओ बजारमा आउने तयारी

बुधबार, २० बैशाख २०७४, १२ : १२ मा प्रकाशित

एनएमबि बैंककोे एक करोड भन्दा बढीको एफपिओ बजारमा आउने तयारी

अर्थ संसार
काठमाडौं– आफ्नो पूँजी बृद्धि गर्न एनएनबि बैंकको एफपिओ जारी गर्ने भएको छ ।  बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ जारी गर्ने भएको हो ।

 बैंकको वैशाख १९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा क्रमश ५१ र ४९ प्रतिशत पुर्याउन एफपिओ जारी गर्न  लागेको  जनाएको छ ।

बैंकको पुस २४ मा बसेको २१ औं साधारणसभाले पूँजी वृद्धिका लागि एफपिओ जारी गर्ने निर्णय गरेको थियो ।

शेयर निष्काशनको अनुमतिका लागि बैंक नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेको बताइएको छ । बैंकको हाल ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको