Like us!
Follow us!
Connect us!
Watch us!

१२ लाख ३८ हजारको लागतमा धान भण्डारण गृह निर्माण हुँदै

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ११ : ३१ मा प्रकाशित

१२ लाख ३८ हजारको लागतमा धान भण्डारण गृह निर्माण हुँदै

इलामस्थित चुलाचुली गाउँपालिकामा १२ लाख ३८ हजारको लागतमा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई  धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण  थालिएको हो। 

गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०/५० प्रतिशत खर्चमा बन्ने भवनको कुल लागत रू. १२ लाख ३८ हजार हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुने क्षेत्र हो । किसानलाई सर्वसुलभ मूल्यमा धान बेच्नका लागि भण्डारण गृह आवश्यक परेको हो ।

त्यस स्थानका किसानले झापा र मोरङमा धान बेच्छन् । ठूलो परिमाणमा एकैपटक बेच्दा बढी मूल्य पर्नाले भण्डारण गृह आवश्यक परेको उपभोक्ता समिति चुलाचुलीका संयोजक त्रिलोचन गौतमले बताए । सहकारीमार्फत यहाँका किसानले धान विक्री गर्छन् । भण्डारण गृह निर्माणपछि धान केलाउन र गे्रडिङ गर्न सहज हुने गौतमले जानकारी दिनुभयो । भण्डारण गृह एकतले र तीनकोठे हुनेछ । 

झापा र मोरङका विभिन्न स्थान लगेर त्यहाँका किसानले धान बेच्ने गरेका छन् । धानमात्र होइन भण्डारण गृहमार्फत धान पेलेर चामल बेच्ने प्रबन्ध पनि मिलाउँदै गरेको संयोजक गौतमको भनाइ छ ।

इलामकै अन्न खानी भनेर चिनिने यो क्षेत्र झापा जिल्लाको सीमावर्ती जिल्ला हो । तराईको फाँट भएकाले पनि त्यहाँका ९५ प्रतिशत किसानले धानखेती गर्छन् ।

त्यस्तै, इलामको तल्लो भेग भएकाले जिल्लास्थित ज्ञान केन्द्रमार्फत पाउने सुविधा नपाउने गरेको यहाँका किसानको गुनासो छ तर पछिल्लो समय केन्द्रकै अगुवाइमा यस्ता काम हुन थालेपछि किसान केही सकारात्मक देखिन थालेका छन्। गएको वर्ष पनि ज्ञान केन्द्रले त्यहाँका किसानलाई धान बोक्ने ट्र्याक्टर वितरण गरेको थियो। 

‘धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ’, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, ‘खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको