Like us!
Follow us!
Connect us!
Watch us!

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १२ : २४ मा प्रकाशित

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो र राति उच्च पाहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महासाखाले जनाएको छ । 

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू­­भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । 

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू­­भागमा आंशिकदेखि सामान्य बदली र अन्य  पहाडी भू­भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै, तराईका केही भू­­भागमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको