Like us!
Follow us!
Connect us!
Watch us!

रातिको समयमा राजमार्ग यात्रा नगर्न सडक विभागको आग्रह

अर्थ संसार

शुक्रबार, १७ असोज २०८२, २१ : ०० मा प्रकाशित

रातिको समयमा राजमार्ग यात्रा नगर्न सडक विभागको आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आगामी असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा हुने सम्भावना रहेको भन्दै यात्रु तथा सवारी चालकलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भारी वर्षासँगै पहिरो खस्ने जोखिम बढ्ने भएकाले नागढुंगा–मुग्लिङ सडक, मुग्लिङ–नारायणगढ सडक, बीपी राजमार्ग, अरनिको राजमार्ग, गल्छी–स्याफ्रुबेसी–रसुवागढी सडक, त्रिभुवन राजपथ तथा नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।

विशेषगरी, यी सडक खण्डहरूमा राति ६ बजेपछि बिहान ५ बजेसम्म यात्रा नगर्न विभागले यात्रु र चालकलाई आग्रह गरेको छ। भारी वर्षा हुँदा पहिरो खस्ने र सडक अवरुद्ध हुने सम्भावना भएकाले अनावश्यक जोखिम लिन नहुने विभागले स्पष्ट पारेको छ।

सडक विभागले पहिरो खसेर सडक अबरुद्ध भएमा विभागीय नीतिअनुसार उपकरण तथा जनशक्ति परिचालन गरी तत्कालै सडक सुचारु गरिने जनाएको छ। यसका लागि आवश्यक सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको विभागले जानकारी दिएको छ।

यस्तै, सडक अवरुद्ध भएमा नजिकैको सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सडक विभागको कन्ट्रोल रुम (टोल–फ्री नम्बर ९८५१४१६८९३) मा सम्पर्क गर्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

68dfe8aba5e87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको