नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौसम विभागले जारी गरेको चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। उनले देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको उच्च जोखिम रहेको भन्दै सबै पक्षलाई सतर्क रहन अपिल गरेका हुन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “जोखिमजन्य क्षेत्रमा रहेका सम्पूर्ण जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अनुरोध गर्दछु।”
उनले संघ, प्रदेश र स्थानीय सरकारलाई विपद् व्यवस्थापन र प्रतिकार्यका लागि तीव्र पूर्वतयारी गर्न आग्रह गरेका छन्। साथै, जनतासँगै रहेर विपद् विरुद्ध सक्रिय रहन पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।
उनको भनाइमा, यस्तो कठिन परिस्थितिमा सबैले आपसी एकता, सहकार्य र तत्परताका साथ विपद् जोखिम न्यूनीकरणमा जुट्नु आवश्यक छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस