Like us!
Follow us!
Connect us!
Watch us!

देशभर मनसुनी प्रभाव सक्रिय, बाढी–पहिरोको जोखिमबारे मौसम विभागको चेतावनी

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०६ : ५० मा प्रकाशित

देशभर मनसुनी प्रभाव सक्रिय, बाढी–पहिरोको जोखिमबारे मौसम विभागको चेतावनी

देशभर हाल मनसुनी प्रणालीको प्रभाव सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानमा र पूर्वतर्फ सामान्यभन्दा केही उत्तर सरेको छ, जसको असर विभिन्न प्रदेशमा स्पष्ट रूपमा देखिएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार हाल देशभर सामान्य बदलीको अवस्था छ। कोशी र कर्णाली प्रदेशका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरू पनि वर्षाले भिजेका छन्।

दिउँसोको समयसम्म देशका अधिकांश भू–भागमा बादल लाग्ने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदै आएको छ। त्यस्तै, केही ठाउँहरूमा भारी वर्षा समेत हुन सक्ने सम्भावना रहेको छ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा वर्षासँगै हल्का हिमपातको अवस्था पनि देखिन सक्नेछ। साथै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने संकेत दिइएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय र नदीमा बहावको तीव्रता बढ्न सक्ने सम्भावना भएकाले शहरी र तराई क्षेत्रहरूमा डुबानको खतरा रहेको विभागले जनाएको छ। साथै, साना–ठूला नदी, खोलानालाको सतह बढ्न सक्ने, जसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक र हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको