Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका नव निर्वाचित अध्यक्ष बस्यालले लिए गर्भनरबाट शपथ ग्रहण

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १८ : २० मा प्रकाशित

गरिमा विकास बैंकका नव निर्वाचित अध्यक्ष बस्यालले लिए गर्भनरबाट शपथ ग्रहण

गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनु भएका श्याम प्रसाद बस्यालले सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शप थलिनु भएको छ ।

यस विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे , संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित हुनु भएको छ ।

गरिमाविकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको