Like us!
Follow us!
Connect us!
Watch us!

धनगढिको श्री त्रिनगर कृषिउपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालन

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १७ : २९ मा प्रकाशित

धनगढिको श्री त्रिनगर कृषिउपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालन

डिजिटल बैंकिङ् कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेशको धनगढीमा रहेको श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड मार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । 

उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल खरिदका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुलको रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । 

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरले काठमाण्डौ बाहिर रहेको कृषिबजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताएका हुन् ।

हाटबजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ । बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको