Like us!
Follow us!
Connect us!
Watch us!
९ अंकले घटेको बजारमा ७९ करोडको कारोबार

चुनावको माहोलले छोएन सेयर बजारलाई

विहीबार, २१ बैशाख २०७४, १५ : २९ मा प्रकाशित

चुनावको माहोलले छोएन सेयर बजारलाई

अर्थ संसार, 
काठमाडौं– स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा सेयर बजार पनि घट्दै गएको छ । विगत २ दिन सेयर बजार निरन्तर घट्दै गएको छ ।

देशमा चुनावी महोल बढ्दै गएपनि सेयर बजारलाई भने त्यसले छुन सकेको छैन । आज नेपाल स्टक एक्चेन्जमा उत्पादन समूह बाहेक अरु सवै समूहहरु राताम्मै भएका छन् ।

 (नेप्से)  ९.२ अंकले घटेको छ । १ सय ४४ वटा कम्पनीको १२ लाख ९५ हजार ५ सय ७३ सेयर किक्ता खरिद विक्री हुँदा ७९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

सामान्य अंकले घटेको बजारमा उत्पादन समुह ०.०६ अंकले बढेको छ । यता बैंक ५.९२ अंक, होटल १२.८१ अंक, विकास बैंक १२.४४ अंक, हाइड्रोपावर १२.२१ अंक, फाइनान्स ५.७६ अंक, इन्स्योरेन्स ९३.६८ र अन्य ३.७६ अंकले घटेको छ । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

590affb8cb084.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको