Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बार्डले दिएको मितिमा किन बाँडफाँट भएन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ ?

शुक्रबार, २२ बैशाख २०७४, १८ : २२ मा प्रकाशित

धितोपत्र बार्डले दिएको मितिमा किन बाँडफाँट भएन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ ?

अर्थ संसार, 
काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँट  आज हुन सकेन । तर नेपाल धितोपत्र बोर्डले बैंकको एफपिओ बाड्न विक्री प्रबन्धक एनएमबि क्यापिटललाई आज अन्तिम दिन तोकेको थियो ।

सेयर बजारको नियमन निकाय धितोपत्र बार्डले दिएको निर्देशन एनएमबि क्यापिटलले पुरा गर्न नसकेपछि अब के गर्छ त बोर्डले ? आम लगानीकर्ताको मनमा उव्जिएको प्रश्न हो यो ।

बोर्डले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई दुई साता अगाडिनै पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै अनिवार्य सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो । बैंकको सेयर खुल्ला भएको ५० दिन शुक्रबार (आज) पुगेको छ । 

यता विक्री प्रबन्धक एनएमबि क्यापिटल बोर्डले तोकेको मितिमा एफपिओ बाँडफाँट गर्न आफूहरु लागि परेपनि आस्वाबाट परेको आवेदनमा समस्या आएकोले बाँडफाँट गर्न नसकिएको जनाएको छ ।

आस्वामा आएको समस्यालाई समधान गर्न एनएमवि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र कमल नेपाल विहानैदेखि धितोपत्र बार्डको छलफलमा जुटेका थिए ।

तर छलफलमा जुटेपनि समस्या समधान गर्न समय लाग्ने भएपछि आज बाँडफाँट गर्न नसकिन र केही दिन भित्र एफपिओ बाँडफाड हुने क्यापिटलले अर्थसंसारलाई जानकारी दिएको छ । 

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको