Like us!
Follow us!
Connect us!
Watch us!

र्सिजना फाइनान्सको बार्षिक साधारण सभाको मिति तय,बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १० : १७ मा प्रकाशित

र्सिजना फाइनान्सको बार्षिक साधारण सभाको मिति तय,बुकक्लोज कहिले ?

सिर्जना फाइनान्स कम्पनी लिमिटेडले २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको छ । 

हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आउँदो चैत १४ गते विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा  आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थे) समेत पारित गर्ने ।

सोही सभामा कम्पनीको सेयर पुँजीको हालको संरचनालाई परिवर्तन गरी संस्थापकतर्फ ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि छलफल गरि पारित हुनेछ । 

कम्पनीले चैत्र १ गते देखि साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्ने जनाएको छ । फाल्गुन २७ गते सार्वजनिक बिदा परेको र २८ र २९ गते शुक्रबार र सनिबार सेयर बजारमा कारोबार बन्द हुने भएकाले फाल्गुन २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको