Like us!
Follow us!
Connect us!
Watch us!

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १८ : १५ मा प्रकाशित

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको बताइएको छ। कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए।

महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन्।

पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध छन्। जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको