Like us!
Follow us!
Connect us!
Watch us!

चुनावको प्रभाव नेप्सेमा : २४ अंकले घट्दा ६९ करोडको कारोबार

आइतबार, २४ बैशाख २०७४, १५ : २२ मा प्रकाशित

चुनावको प्रभाव नेप्सेमा : २४ अंकले घट्दा ६९ करोडको कारोबार

अर्थ संसार, 
स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा सेयर बजार पनि घट्दै गएको छ । विगत केही दिन अघिदेखि बजार निरन्तर घट्दै गएको छ ।

देशमा चुनावी महोल बढ्दै गएपनि सेयर बजारलाई भने त्यसले छुन सकेको छैन । आज नेपाल स्टक एक्चेन्जमा उत्पादन र अन्य समूहबाहेक अरु सवै समुहमा पहिरो गएको छ ।

१ सय ४१ वटा कम्पनीको ९ लाख ९९ हजार ७ सय १२ हजार सेयर कित्ता खरिदविक्री हुँदा ६९ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन उत्पादन  ५.२६ अंक र अन्य ०.२९ अंकले बढेको छ । यता बैंक २७.९५ अंक, होटल २३.७८ अंक, विकास बैंक २२.४४ अंक, हाइड्रोपावर ३१.९१ अंक,  फाइनान्स १०.८६ अंक र इन्स्योरेन्स ११२.घ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

590eefa7d1f6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको