Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव माहोलले छुन थाल्यो सेयर बजारलाई

सोमबार, २५ बैशाख २०७४, १५ : २६ मा प्रकाशित

चुनाव माहोलले छुन थाल्यो सेयर बजारलाई

अर्थ संसार 
काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्स) आज सामान्य अंकले बढेको छ । केहि दिनदेखि निरन्तर घटिरहेको सेयर बजारले आज फेरी उकालो यात्रा तय गरेको छ ।

चुनावको महोलसँगै अब सेयर बजार पनि बढ्ने अनुमान सेयर विज्ञहरुले बताउन थालेका छन् । आज नेप्सेमा हरियाली छाएको छ ।

आज नेप्से ८.३१२ अंकले बढेको छ । यस दिन बैंक ७.७१ अंक, होटल ६१.३२ अंक, विकास बैंक ११.७ अंक, हाइड्रोपावर १२ अंक, फाइनान्स ५.३९ अंक र इन्स्योरेन्स  ३८१७ अंकले बढेको छ ।

यता अन्य समूह भने ०.८७ अंकले घटेको छ ।  १ सय ४२ वटा कम्पनीको ९ लाख २२ हजार २ सय ६१ सेयर कित्ता खरिदविक्री हुँदा ५७ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको