म स्कुल पढ्थें, झापाको गरामुनी दुर्गा जुनियर हाइस्कुलमा। नेत्र घिमिरे, नारायण उप्रेती, मोहन उप्रेती लगाएत थुप्रै थिए मलाई पढाउने शिक्षक जो कम्युनिस्ट थिए। उनिहरु असल मानिस थिए।
उनिहरु किसानका खेत खन्थे र अन्याय अत्याचारको बिरोध गर्ने। तेस्बेला मेरो स्कुलमा रास्ट्रीय गान श्रीमान गंभिर नेपाली थिएन। ती चन्द्र शुर्य लाल गगनमा चम्कीरहेका हेरू थियो। मलाइ गरीब र किसानले गरेर खान पाउने ब्यबस्थाका बारेमा गुरुहरु बतांउथे। अर्थात त्त्यो युग नंया युग बनाउने सपनाको युग थियो। मेरो यात्रा त्यँहाबाट शुरु भयो।
त्यो युग सपना निर्माणको युग थियो। तर त्यो सपना देख्नु मर्नु पर्ने कारण बन्थ्यो किनकी त्यहा दमन थियो। हरेक पल क्षण राजतन्त्रको स्तुति गाउनु पर्थ्यो। त्यो युग बिस्तारै पन्चहरु मालिक बन्ने युगमा परिणत भयो। पन्चले सन्तान पाए, तिन्लाइ मन्डले भनिन्थ्यो। यिन्ले जस्लाइ पनि कुट्न पिट्न पांउथे। म जति जति हुर्कदै गंए, मेरो स्वतन्त्रता उतिनै साँघुरीदै गयो।
त्यसबेला राजमार्ग पनि बन्यो, बस चढ्न पनि पाइयो। त्योबेला १५ रुपैयामा चीनमा बनेका जुत्ता, २० रुपियाँमा कटनको सेतो सर्ट र ५० रुपैयाँमा कटनको चिनियाँ पैन्ट पनि पाइन्थ्यो । सबैले लगाउथें तर गीत राजारानीको गाउनु पर्थ्यो। बाबुआमा पनि तिमिनै हौ, देश पनि तिमिनै हौ, भगवान पनि तिमी नै हौ, सपना पनि तिमी नै हौ। जब झापाको आन्दोलनको दमन भयो। रित पनि बदलियो। अब स्कुलमा रास्ट्रीय गान सकिन्थ्यो, तब हाम्रा राजा हाम्रो प्राण भन्नू पर्थ्यो। त्यो युग अझै अगाडि बढ्यो, तब भन्नू पर्यो सबै नेपाली पन्च र सबै पन्च नेपाली लोकतन्त्रको शब्द ओठ सम्म मात्र आउन पाउंथ्यो।
किन त्यो दमन भयो ?
मेरो दिमागले त्यसलाइ स्वीकार गरेन। म कलेज पुगे। कलेजमा मन्डले, रत्नपार्कमा मन्डले, जताततै मन्डले । मैले स्कुलमा देखेका गरीबको अन्त गरि सपनाको संसार बनाउने मान्छे काठमाडौ आएर पन्च बनेछ्न।
उनिहरु ज्ञानेश्वरको पँचायत जांँचबुझमा जागीर खान थाले। मलाई अचम्म लाग्यो। यी त सिद्धान्तका लागि मर्न पनि डराउनु हुन्न भन्थे। तब भित्र भित्रै देश बनाउनेहरु सङ्ग संगत हुन थाल्यो। यिनिहरु सामन्य र असल मानिस थिए। खर्च थिएन, पढाइ छोडेका थिए, परिवार पनि बिर्सेका थिए। यिनिहरु नै देवता हुन भन्ने लाग्थ्यो। तेसैले सपना मरेन।
तर सडकमा हिडदा पनि डर थियो त्यसबेला । मन्डलेको गोदाइ जताततै हुन्थ्यो। यस निरंकुशताका विरुद्धमा मानिसको अवाज खुल्यो। लडदै, पिटाइ खांदै, जेल जाँदै स्वतन्त्रता ल्याइयो। छाती खोलेर बोल्न पाइयो। सरकार बनाउन पाइयो। तर हिजोका देवताहरु मानिस होइन अर्थोकै रहेछ्न भन्ने देखिन थाल्यो। उनीहरुलाई चाकरी मन पर्दो रहेछ। एक खालका साथीहरु उनिहरुलाई खुशी पार्दै अरुलाइ समाप्त गर्न थाले। उनिहरु अहिले ठुला मानिस बनेका छ्न। अहिले उनिहरु धनी बनेका छ्न। अहिले उनिहरु मेरो करबाट महगां गाडी चढ्छ्न।
अहिले उनिहरु राजनिती होइन बिखनिती गर्छ्न। अहिले स्वतन्त्रता त छ, तर नैतिकता मर्यो। अहिले उनिहरुका दिमागमा गरीब होइन, गरीब लुट्ने तर्किव छ। उनिहरु झोला बोकांउछ्न र अरु उनीहरुको झोला बोक्छन। नैतिकता नभएपछि मानिस नांङ्गो हुंदोरहेछ। उनीहरुको नश्ल परिबर्तन भएको छ। लाग्थ्यो स्वतन्त्रता भए बांच्न अरु चाहिन्न, अहिले लाग्छ नैतिकता नभएपछी त सास फेर्न नै नसकिने रहेछ। अहिले सास फेर्न नै गाह्रो भएको छ।
हिजो मलाइ शिक्षकले गोरु हो भनी सिकाएको थियो, आज तेस्लाइ गधा हो भन्नू पर्ने भएको छ।
बिकास अब प्राथमिकता हो भनेको हिजोअस्ती हो। मैले ठाने अब देशमा उद्योग खुल्ने भए। अब बारी ढकमक्क हुने भए। तर वारि त सबै डोजरले काटी सके। नेपाल अहिले खन्ने भाइरसले ग्रस्त छ। देशभरी डोजरले खने पनि मानिसले खुट्टैले हिड्नु पर्छ। डोजरले पानी जहाज पनि पल्टायो र रेल पनि पल्टायो।
स्वतन्त्रता र अनैतिकताको बाजा बजाएर बिबाह भयो। जब स्वतन्त्रता र अनैतिकताको बिबाह भयो, भ्रस्टाचार सन्तानको रुपमा जन्मियो। भ्रस्टाचारले बिचार मार्दो रहेछ । अहिले नेपालले पनि चिनले आर्थिक बिकास गरेजस्तै षडयन्त्र र दुराचारको प्रगतिमा बिश्वकीर्तिमान कायम गरेको छ।
आज एकजनाको बिरोध गर्नु होस र भोलि मन्त्री हुनुहोस। मन्त्री बन्न पाउनु भएन भने यता आएर उताकालाई गाली गर्नु होस। नाम कम्युनिस्ट राख्नुहोस र काम असभ्य गुन्डाको गर्नुहोस। नाम बुद्धिजीवी काम रछ्यान निर्माण।
मैले ८ बर्षमा शुरुगरेको मेरो चेतनाको यात्रा अहिले सत्ता पद र स्वार्थका लागि नागों हुनु पनि सभ्य हुनु नै हो भन्ने बिन्दुमा पुगेको छ।
आउने पुस्ताले अब आफ्नो भबिस्यलाई हेरेर चेतना निर्माण गरेन भने उ कसैको दास हुनेछ, बाहिर सडकमा रास्ट्र र भित्र कोठा बिदेशीको भक्ती गर्नेहरुले देश ध्वस्त पार्दै गरेको देख्न नसक्ने युवापनी देशका लागि बोझ नै हो,देशलाइ भ्रष्टाचार, बिदेशी खेल र बिचारबिहिनताले सक्दै छ ।
आज म संग कम्प्युटर छ, दुनियाँको जानकारि छ, सबैथोक छ तर चेतना छैन,म सङ्ग राजनीति छ, तर नैतिकता छैन। म सङ्ग प्रबिधि छ, तर देशप्रेम छैन,म सङ्ग कम्युनिस्ट नेता र प्रधानमन्त्री छ्न, तर गरीबको आशा छैन,म सङ्ग शिक्षा छ तर ज्ञान छैन,म सङ्ग केबल देश छ। यदि युवाले म नै देश भन्ने चिन्यो भने बिचारहिन, नैतिकताहिन र मानवता हिनहरुले चित खानेछ्न। यो देशका मालिक केबल जनता हुन, नेता होइनन।
बिचारको खेतीले मात्र राजनीतिलाई नैतिक बनांउछ। मेरो यात्रा बिचार बाट बिचारहीनतामा आइपुगेको छ। जताततै मानिस नांगीएका छ्न, त्यसैले।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस