Like us!
Follow us!
Connect us!
Watch us!

आइसीसी क्रिकेट लिग २ : युएई माथि नेपालको रोमाञ्जक जित, नेपाल ६ रनले विजयी

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, १८ : १४ मा प्रकाशित

आइसीसी क्रिकेट लिग २ : युएई माथि नेपालको रोमाञ्जक जित, नेपाल ६ रनले विजयी

आईसीसी क्रिकेट लिग २ अन्तरगत युएई विरुद्धको खेलमा नेपालले रोमाञ्जक जित निकालेको छ । नेपालले युएईलाई ६ रनले पराजित गरेको हो । 

पानी परेपछि ३८ ओभरमा छारिएको खेलमा युएईलाई २५५ रनको लक्ष्य दिइएको थियो । ३८ ओभरमा युएईले ८ विकेट गुमाएर २४८ रन बनाएयो । उसका लागि मोहम्मद शाहदादले ६५ रन बनाए । त्यस्तै खुजाइमा तनवीर पनि ४९ रनको योगदान दिए । त्यस्तै हरप्रीत सिंह भाटियाले ४१ रन बनाए भने अक्षदीप नाथले ३६ रन बनाए । 

युएईलाई लक्ष्यमा पुग्नबाट रोक्नेक्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यसतै नन्दन यादब र सोमपाल कामीले समान २ विकेट लिए । 
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलि नेपालले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । पानी परेपछि खेल ३८ ओभरमा झारिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन् । उनले टोलिका लागि १०० रनको पारी खेले ।

त्यस्तै ओपनर विनोद भण्डारीले पनि टोलिका लािग ५६ रनको अर्धसतक प्रहार गरे । गुल्सन झाले टोलिका लागि ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । आजको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अर्जुन कुमाले भने ११ रन मात्रै बनाए । युएईका लागि अजय कुमार र जुनेद सिद्धिकीले समान २ विकेट लिए । त्यस्तै हैदर अलीले एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको