एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको चारवटा संस्थाको संस्थापक सेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ । कुमारी बैंक लिमिटेडको ५ लाख ३० हजार कित्ता, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७ हजार ४८४ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ७४ हजार १०६ कित्ता सेयर बिक्रीमा राखेको हो।
कुमारीको १०० रुपैयाँ, नेशनल लघुवित्तको ६७५ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ३७५ रुपैयाँ र नेरुडे मिर्मिरेको ३३४ रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्य तोकिएको छ। आवेदन दिंदा न्यूनतम १ हजार कित्ता र अधिकतम १० अंकको गुणांकमा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
सेयर खरीद गर्न इच्छुक व्यक्तिले आज वैशाख १८ गतेदेखि जेठ १ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र फाराम पेश गर्नु पर्नेछ। त्यस्तो फाराम पनि सोही कार्यालयमा पाइनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस