आशा लघुवित्त वित्तीय संस्थाको नाफामा भारी वृद्धि ददेखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा १६८ प्रतिशतले नाफा बढेको हो ।
गत आवको चैत मसान्तसम्म ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म १६८.७६ प्रतिशतको भारी वृद्धि सहित १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन गर्न सफल भएको छ । त्यसैगरी समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५० करोड ८० लाख रुपैयाँबाट २२.४६ प्रतिशतको वृद्धि सहित ६२ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ६१ करोड ६२ लाख रुपैयाँबाट २२.८५ प्रतिशतको वृद्धि सहित ७५ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
आम्दानी बढेसँगै सञ्चालन मुनाफा पनि ९ करोड ६६ लाख रुपैयाँबाट १५६.७३ प्रतिशतको उछाल सहित २४ करोड ८१ लाख रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ८५ लाख रुपैयाँबाट २०७ प्रतिशतको भारी उछाल सहित १४ करोड ९० लाख रुपैयाँ नाघेको छ । चुक्ता पूँजी ८० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ४० लाख रुपैयाँ सञ्चिति छ । चैत मसान्तसम्म ग्राहकमा ११ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरी ३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको सम्पत्तिको कुल मूल्य १२ अर्ब ४ करोड रुपैयाँ नाघेको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँबाट बढेर २९.२८ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) पनि ४.९७ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३.९२ रुपैयाँ रहेको यस कम्पनीको बेसरेट १०.८७ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस