राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको उक्त अध्यादेश शुक्रबार प्रमाणीकरण गरिएको हो।
राष्ट्रपति कार्यालयका अनुसार सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको छ। यो सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशमध्ये तेस्रो अध्यादेश हो, जसलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनको बाटो खुलेको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस