Like us!
Follow us!
Connect us!
Watch us!

१०० प्रतिशत हकप्रदको मूख्य एजेण्डासहित किसान लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १० : १७ मा प्रकाशित

१०० प्रतिशत हकप्रदको मूख्य एजेण्डासहित किसान लघुवित्तले डाक्यो साधारण सभा

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मिति तय गरेको छ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यही चैत २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। सभा संस्था कैलालीको लम्कीचुहास्थित संस्थाको आफ्नै भवनमा बिहान ११ बजेबाट सुरु हु्नेछ।

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।  सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षक प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको