Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले एफपिओ  निष्काशन गर्ने

मंगलबार, २६ बैशाख २०७४, १८ : ३८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले  एफपिओ  निष्काशन गर्ने

अर्थ संसार,
काठमाडौं–  अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले  थप नयाँ साधारण सेयर (एफपिओ)  विधिबाट सर्वसाधारण लगानीकर्तालाई ३१ लाख ७५ हजार ८ सय ८३ कित्ता सेयर निष्काशन गर्न लागेको छ ।   

एफिओ निष्काशन गर्नको लागि  आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष गुरु प्रसाद न्यौपाने र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत धु्रव तिम्लिसिना विच सम्झौतामा हस्ताक्षेर भएको छ ।

 अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट  कम्पनी लिमिटेडको सेयर संरचनामा संस्थापक सेयर ७० प्रतिशत  सर्वसाधारण लगानीकर्ताहरुको ३० प्रतिशत लगानी रहेको संस्थापक तर्फको सेयर स्वमित्वलाई ५१ प्रतिशत मानी ४९ प्रतिशत  सेयर एफपिओ विधिबाट सर्वसाधारण लगानीकर्ताको लागि  निष्काशन  गर्ने सम्बन्धी सम्झौता आज ( २०७४/०१/२६ ) गते मंगलबार सम्पन्न भएको छ । 

 सेयर बजारको सर्वोच्च  नियमन निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृती लिई छिटो भन्दा छिटो एफपिओ निष्काशन गर्ने सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  तिम्लिसिनाले बताउनु भएको छ ।

 एफपिओबाट संकलन हुने पूँजी  र कम्पनीले निर्माण गर्न लागेको ९.९४ मेगाबाट कावेली वि–१  क्यासेकेड ( एच्इच् जलविद्युत  आयोजनामा लगानी गर्ने कुरा अरुण भ्याली हाइड्रोपावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले अर्थ संसारलाई बताउनुभयो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको