Like us!
Follow us!
Connect us!
Watch us!
एफपिओको रिजल्ट यहाँबाट हेर्नुहोला

एट्याण्डर्ड चार्टर्डको एफपिओ : धनीलाई फलिफाप, गरिवको पुन्पुरोमा हात !

बुधबार, २७ बैशाख २०७४, ११ : १३ मा प्रकाशित

एट्याण्डर्ड चार्टर्डको एफपिओ  : धनीलाई फलिफाप, गरिवको पुन्पुरोमा हात !

एफपिओको रिजल्टको लागि यहाँबाट  क्लिक गर्नुहोला 

अर्थ संसार
काठमाडौं–स्टयान्डर्ड चार्टर्ड बैंकको एफपिओ सोमबार बाँडफाँड भएको छ । एफपिओ बाँडफाँटले धनी रातारात मालामाल भएका छन् भने गरिव भने पुन्पुरोमा हात लगाउन बाध्य भएका छन् ।  

सबैभन्दा बढि २५ हजार पाँच सय ८० कित्ताको लागि आबेदन  दिनेको भागमा एक हजार ६ सय ३० कित्ता परेको छ । यता १ सय ४० कित्ता आवेदन गर्नेको हातमा शुन्य ।

१ लाख ४० हजार ऋण खोजेर एफपिओ भरियो लगानीकर्ता रामहरी श्रेष्ठले एफपिओ नपरेपछि भने–‘ ३  महिनाको व्याजले डुबायो’  रामहरी जस्तै धादिङ ज्यामरुङका कैलाश राना पनि सुनाउँदै थिए – स्टयान्डर्ड चार्टडको एपिओले डुवायो ।

आफ्नो छिमेकी सँग १ सय बराब ४ रुपैयाँको दरले १ लाख ३० हजार ऋण काटेर आवेदन भरियो अहिले परेन । उनीहरु जस्तो धेरैलाई स्टयान्डर्ड चार्टर्ड बैंकको एफपिओ डुवाएको छ । बैंकको एफपिओ डुवाको मात्र छैन धनीलाई रातारात मालामाल पनि बनाएको छ । 

एक सय ५० देखि माथि आबेदन दिने सबैले सेयर पाएका छन् । एक सय ५० कित्ताका लागि आबेदन  दिनेको भागमा पनि १० कित्ता नै परेको छ । एक सय ६० कित्ताको लागि आबेदन दिनेले ११ कित्ता हात पारेका छन ।

। प्रतिशतको आधारमा हेर्दा १० देखि ३० कित्तासम्म आबेदन दिनेले २४.६० प्रतिशत सेयर पाएका छन्  भने त्यसभन्दा माथि ४०  देखि २५ हजार पाँच सय ८० कित्तासम्म आबेदन दिनेको भागका ६.३८ प्रतिशत सेयर परेको छ ।

उक्त सेयरको लागि कुल दुइ लाख १७ हजार तीन सय २२ जनाले आबेदन भरेका थिए । जसमा एक लाख ४० हजार एक सय ३२जनाले सेयर पाएको बिक्री  प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । 

यो पनि पढ्नुहोस 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले एफपिओ  निष्काशन गर्ने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको