Like us!
Follow us!
Connect us!
Watch us!
दर्जन बढी कम्पनीको आँउदैछ हकप्रद सेयर

चुवानमा लाग्दा छुट्ला नी यस्तो महत्वपूर्ण अवसर

शुक्रबार, २९ बैशाख २०७४, १० : ०६ मा प्रकाशित

चुवानमा लाग्दा छुट्ला नी यस्तो महत्वपूर्ण अवसर

अर्थ संसार 
काठमाडौँ, राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो पूँजी बृद्धि गरिसक्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि त्यसमा बैंक तथा वित्तिय संस्था लागिपरेका छन् ।

 यसमा असार मसान्तसम्मको नाफालाई बोनस सेयरको रुपमा बाँडि बैंक तथा बित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेबमोजिम पूँजी पु¥याउन लागिपरेका छन् ।

तर, बोनस सेयरले मात्र पूँजी तोके बमोजिम पूँजी बृद्धि गर्न सबै संस्थाहरु सक्षम नभएका कारण हाल अधिकांश बैंक तथा बित्तीय संस्थाहरु हकप्रद जारी गर्ने चटारोमा लागेको देखिएको छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ८ अर्ब , राष्ट्रिय स्तरका बिकास बैंकलाई २.५ अर्ब, ४ देखि १० जिल्ले बिकास बैंकलाई १.२ अर्ब, १ देखि ३ जिल्ले बिकास बैंकलाई ५० करोड, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ले बित्त कम्पनीका लागि ८० करोड र १ देखि ३ जिल्ले बित्त कम्पनीका लागि ४० करोड रुपैंयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने ब्यवस्था गरेको छ ।

बैंक तथा बित्तीय संस्थाहरु हकप्रदको चटारोमा लाग्दा मुलुक स्थानिय निकायको चुनावमा होमिएको छ । चैत ३१ गते पहिलो चरण र जेठ ३१ गते दोस्रो चरणको चुनाव हुँदैछ ।

यसै अधिकांश कम्पनीहरुले राष्ट्र बैंकले ब्यवस्था गरेबमोजिम पूँजी बढाउन यसै समय हकप्रद जारी गर्दैछन् । अधिकांश कम्पनीले हकप्रद निष्काशन र बन्द बैशाख मसान्त देखि चैत मसान्तसम्म गदैछन् ।


चुनावको समयमा अधिकाशं मानिसहरु भोट हाल्न काठमाण्डौं बाहिर जाने र त्यहाँ हकप्रद सेयर भर्न सुबिधा नहुने हुनाले हकप्रद भर्नबाट छुट्न सक्नेछन् ।हकप्रदको मुल्य समायोजन भैसकेको र १०० रुपैंयाँमै सेयर भर्न पाउने अवसर गुमाउँदा लगानीकर्ताहरु लाई ठूलो नोक्सान पर्ने सम्भावना समेत रहन्छ ।

स्थानीय निकायको चुनाव संबिधान कार्यान्वयनको पहिलो र महत्वपूर्ण कडि हो । आम जनताले उत्साहपूर्वक चुनावमा भाग लिनु र मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा लैजान मद्दत गर्नु आजको नेपालको आवश्यकता हो ।

तर, चुनावमा मात्र केन्द्रित हुँदा आफ्नो ब्यक्तिगत बित्तीय ब्यवस्थापन लाई अलपत्र पार्न नहुने भन्दै बैंक तथा वित्तय संस्था पूँजी वृद्धिमा लागेका छन् । यो महत्वपूर्ण अवसरको सदुपयोग गर्नु जरुरी देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको