नेपालमा पछिल्लो २४ घण्टामा ७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १६ हजार १ सय ४७ पिसिआर विधिबाट र ६ सय २३ एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा २७ जनाको मृत्यु भएको छ, भने १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्  । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ७ सय ११ जना रहेका छन् भने ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस