काठमाडौंको कीर्तिपुर नगरपालिकाको–ट्याङ्लाफाँट क्षेत्रमा निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ । चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगो लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक सिट बेल्ट लगाएकै अवस्थामा जलेर मृत फेला परेका हुन् । मृतकको पहिचान भने खुल्न सकेको छैन । कारमा आगलागी हुनुको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस