तपाई कुनै कुराकाे ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँकाे बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर साेध्छाैं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाइँलाइ सम्बन्धित ब्यक्तिसँग साेध्नु पर्छ । अब तपाइँलाइ कहाँ एपले तपाइँले खाेज्नु भएकाे ठाउँबारे जानकारी दिने  । कहाँ स्थानीयकण गरिएकाे एप हाे । यसलाई प्रयोग गर्न निकै सजिलो छ । यसलाइ नेपाली भाषामा समेत उपलब्ध यस एपलाइ आइतबार सार्वजनिक गरिएकाे छ । 
मेसाेभिजन टेक्नाेलाेजीले विकास गरेकाे कहाँ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । प्रविधिकाे चरम विकास भएकाे अबस्थामा पनि नेपालमा ठेगानालाइ डिजिटलाइज्ड गर्न सकिएकाे छैन । विदेशमा हेर्दा ठाउँकाे चिनारी दिन सडक, गल्ली, घरलाइ काेड नम्बर दिएर नक्सामा समावेश गरिएकाे पाइन्छ । 
कसेलाइ घरमा बाेलाउनु पर्याे भने पहिले त्यस ब्यक्तिकाे लाेकेसन साेधेर सवारी साधनमा फलानाे ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्ताे रंगकाे घर देखिन्छ, त्यसलाइ छाडेर अर्काे गल्ली लाग्ने भन्दै धेरै ठाउँकाे अबस्था बर्णन गरेर बाेलाउनु पर्ने अहिलेकाे अबस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने ब्यक्तिलाइ त्यसै गरी आफ्नाे लाेकेसन देखाउनु पर्ने अबस्था छ । यस्ताे समस्यालाइ समाधान गर्न कहाँ एप सार्बजनिक गरिएकाे यस एपकाे विकासकर्ता  नारायणाबहादुर क्षेत्रीले बताए । 
कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नाे ब्यवसायलाइ सूचिकृत गराउन सकिन्छ । आफ्नाे ब्यवसाय सूचिकृत गरेपछि यसमा ब्यवसायकाे ठेगाना, तस्बिर, उत्पादनहरूलाइ ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाइ अरू कहाँ प्रयाेगकर्ताहरूलाइ बाँड्न सकिन्छ । यस एपलाइ प्रयाेगकर्ता मैत्री बनाइएकाे  छ । यसमा सन्देश आदानप्रदानकाे सुविधासमेत छ । आफ्नाे समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू  रिपोर्ट गर्न यस एपलाइ प्रयोग गर्न सकिन्छ । ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुनेछन्र ।,
कहाँ एपबाट आफ्नाे ठेगाना नजिकै पाइने बस्तु तथा सेवाकाे जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यासँ डिपाे, बालुवा डिपाे, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खाेज्न सकिन्छ । यसमा होटेल / रिसोर्ट्स / गेस्टहाउस, विद्यालयहरू / कलेजहरू / शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुनेछन् । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस