Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबिको आईपीओ बाँडफाँड : लक्की नम्बर ३ र ८

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, ११ : १७ मा प्रकाशित

सिईडिबिको आईपीओ बाँडफाँड  : लक्की नम्बर ३ र ८

सिईडिबि हाइड्रोपावरले निश्कासन गरेको आईपीओ  बाँडफाँडको भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।  गोलाप्रथबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ३ रहेको छ । बाँकी ४ जनाले पाउने ११ कित्ता सेयरको लागि लक्की नम्वर ८ रहेको छ । 

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिएको छ ।  जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन् ।  बाँकी १४ लाख भन्दा बढि आवेदकको हात खालीभएका छन् । 

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १६ लाख ८५ हजार ६२५ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा १०.५२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । 

सेयर मार्केटमा लगानीकर्ताले बुझ नै पर्ने प्राविधिक शब्दहरू : अर्थ के हो ? कसरी बुझ्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको