Like us!
Follow us!
Connect us!
Watch us!

प्रज्ञान सेक्युरिटिजलाई छानविनको लागि कारोवार गर्न रोक

सोमबार, ०८ जेठ २०७४, ०९ : १६ मा प्रकाशित

प्रज्ञान सेक्युरिटिजलाई छानविनको लागि कारोवार गर्न रोक

अर्थ संसार
 काठमाडौं – प्रज्ञान सेक्युरिटिज प्रालिलाई कारोबारमा रोग लगाएको छ । यस सेक्युरिटिजलाई  विराटनगर स्थित कार्यालयबाट सिभिल बैंकले जारी गर्न लागेको हकप्रद सेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएकोले यस सम्बन्धमा वोर्डले आवश्यक छानविन कार्य अगाडि वढाएको छ ।

साथै उक्त छानबिन कार्य सम्पन्न नभइन्जेलसम्मको लागि प्रज्ञान सेक्युरिटिजलाई आजदेखि निलम्बन गरी धितोपत्र कारोवार गर्न रोक लगाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको