अर्थ संसार
काठमाडौँ– रसुवा जिल्लामा आयोजना स्थल रहेको मैलुङ खोला जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रबासीको लागी शेयर निष्कासन गरेको छ ।
कम्पनीले रु १०० दरका तीन लाख ६८ हजार १४४ कित्ता शेयर प्रभावित क्षेत्रका सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
आयोजनाबाट अति प्रभावित रसुवाको तात्कालिन हाकु, डाँडागाउँ र राम्चे गाविसवासी र जिल्लाको बाँकी भेगका बासिन्दालाई आधा आधा शेयर दिने कम्पनीले जनाएको छ । जस अनुसार दुबै समूहले एक लाख ८४ हजार ७२ कित्ताको दरले शेयर पाउनेछन्।
कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाबाट असार २०७१ व्यवसायीक उत्पादन सुरु भएको थियो ।
बैशाख २०७२ को महाभूकम्पका कारण आयोजनामा क्षति पुगेपछि फेरि उत्पादन रोकिया । त्यसपछि गत भदौ देखि पुनः उत्पादन सुरु भएको हो ।
आर्थिक बर्ष २०७०र ७१ र २०७१र२०७२ मा नाफा कमाएको कम्पनी भूकम्पको क्षति पश्चात घाटामा गएको छ । आगामी आर्थिक बर्ष २०७४र०७५ देखि नाफा कमाउने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीको चुक्ता पूँजी रु ३६ करोड ८१ लाख ४३ हजार छ । जसमा प्रवर्धकहरुको ७० प्रतिशत हिस्सा रहेको छ । २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई दिन लागिएको हो। प्रभावितको शेयर बाँडफाँड पछि आम लगानीकर्तालाई शेयर जारी गर्ने कम्पनीको तयारी छ ।
निस्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० देखि अधिकतम १८४० कित्तासम्म आवेदन दिन पाउनेछन ।
मध्ये संस्थापनको तर्फ रु २५ करोड ७७ लाख चुक्ता भैसकेको छ भने सर्बसाधरणको लागी रु ७ करोड ३६ लाख २८ हजार छुट्टाएको छ ।
रसुवा स्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबेसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत कम्पनीको कार्यालय डाँडागाउँमा शेयर आवेदन दिन पाइने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस