Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको आईपीओलाई रेटिङ कति ?

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, ११ : ०२ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको आईपीओलाई रेटिङ कति ?

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा भने निवेदन पेश गरेकाे छैन । सेबाेनमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ ।

संस्थाले यसअघि नै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख ५० हजार रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

पर्वतको कुश्मामा केन्द्रिय कार्यलय रहेको यस संस्थाले विभिन्न ५६ शाखाहरु मार्फत ७८ हजार घरधुरीमा सेवा प्रवाह गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको