Like us!
Follow us!
Connect us!
Watch us!

निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १३ : १६ मा प्रकाशित

निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे

चितवन राष्ट्रिय निकुञ्जको खुला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुला खोरमा देखिन छाडेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुला खोरमा नभेटिएको हो । उनले भने “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडीमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्नेबारे यकिन हुन नसकेको उनको भनाइ छ ।

विसं २०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये पाँच पोथी र दुई भाले थिए । तीमध्ये दुई पोथी ल्याउनेबित्तिकै मरेका थिए । अन्य पाँच मध्ये चार विभिन्न कारणले मरिसकेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो ।

तत्कालीनावस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा पाँच भालेसहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याएलगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।

सरकारले प्रजाति संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ । – (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको