Like us!
Follow us!
Connect us!
Watch us!

प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १५ : ३१ मा प्रकाशित

प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपालमै तयार पारिएको साइन्स किट (विज्ञान सिकाई सामग्री) सार्वजनिक गरेको छ । 

साइन्स किटमा विज्ञान विषयको पुस्तकमा भएका विषयवस्तुको लागि  प्रयोगात्मक सिकाईका सामग्री समावेश छन् । यस्तै किटमा कारखाना साइन्स नोट पनि उपलब्ध छ । किट प्रयोगको क्रममा हुन सक्ने अन्योल हटाउन मार्गदर्शन गर्ने सामग्री पनि किटमा राखिएको छ । यस्तै डिजिटल गाईड बुक पनि कारखाना साइन्स किटकै साथमा उपलब्ध छ । 

नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । विगत ८ वर्षको अनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ । कारखाना साइन्स किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाइ किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने कारखानाले जनाएको छ । 

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पारेकोले कारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमा पार्नबाट रोक्ने कारखानाको भनाई छ । यसले शिक्षक र विद्यार्थी दुबैलाई फाइदा पुग्ने र विद्यार्थीले घर घरमा साइन्स प्रयोगशालाको अनुभव गर्न पाउने कारखानाले जनाएको छ । 

बच्चाहरुको सिकाईलाइ व्यवहारिक बनाउनुपर्ने  र आविष्कारको शिक्षा दिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स लगायतको काम गरिरहेको कारखानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले बताए । कारखानाले प्रविधियुक्त शिक्षाको चक्र नै बनाएको दाबी उनको छ । साइन्स किटले २१ औँ शताब्दी अनुकुल शिक्षामा जोड दिएको दाबी गरिएको छ ।  

यी साइन्स किट्स अर्डर गर्नको लागि ९८०१८८८८२४, ९८०२०७१६२५ मा फोन गर्न वा कारखानाको बेवसाइट र फेसबुक पेजमा सम्पर्क राख्न सकिनेछ । यस्तै सस्तो डिल र यूजी बजारबाट पनि अर्डर गरेर साइन्स किट घरमै पुर्याउने व्यवस्था गरिएको छ । 

कारखानाले साना नानीबाबुको लागि विज्ञान सम्बन्धी जानकारी दिने पूस्तक र किट बनाउने काम गरिरहेको पनि जानकारी दिएको छ । 

कारखाना शिक्षा सम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था हो । यसले सिकाइका नयाँ पद्दतीहरु, पाठ्यक्रमदेखि लिएर कक्षाकोठामा सिकाईका योजनामा अनुसन्धानको काम गर्दछ । यो शिक्षकहरुको समूह पनि हो । जसले कसरी व्यवहारिक र प्राविधिक शिक्षा दिने भन्ने विषयमा पनि काम गर्दै आएको छ  । यस्तै कारखानाले व्यवहारिक र प्राविधिक शिक्षाको लागि चाहिने विभिन्न सामग्रीको उत्पादन पनि गर्दै आएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको