Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको नयाँ कानून : आवेदन दिने सबैलाई साधारण सेयर [आइपिओ]

सोमबार, १५ जेठ २०७४, १३ : ३१ मा प्रकाशित

धितोपत्र बोर्डको नयाँ कानून :  आवेदन दिने सबैलाई साधारण सेयर [आइपिओ]

अर्थ संसार,काठमाडौँ, सरकारले नयाँ ल्याएको कानुन अनुसार अब आवेदन गर्ने सबैलाई प्राथमिक सेयर प्रदान गरिने भएको छ ।

नयाँ व्यवस्थाअनुसार अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका हुन् ।

 हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।

 पुँजी बजारलाई संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो ।

 जसले धितोपत्रको बाँडफाँड व्यवहारिक रुपमा वितरण हुन नसकेको अवस्थालाई मूल्याङ्कन गर्दै आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा दस कित्ता वा दसको गुणा धितोपत्र बाँडफाँड गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

आइपिओ मार्फत जारी भएको सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने नयाँ व्यवस्था कायम गरिएको छ । अब अन्य व्यवसायिक संस्थाले आइपिओमा दरखास्त दिन पाउने छैनन् ।
 
यद्यपी बिक्री नभएमा भने अन्यले पनि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । जसले गर्दा प्राथमिक निष्काशनमा लगानीकर्ताको सहभागिता बढ्न गई धितोपत्रको दोस्रो बजार समेत व्यापक रुपमा अगाडि बढ्ने बोर्डको विश्वास छ ।

नयाँ व्यवस्थापछि प्राथमिक सेयर निश्कासन भएको दुई महिनामै दोस्रो बजार (नेप्से)मा कारोबार हुने व्यवस्था गरिएको छ । आस्बा पूर्ण रुपमा लागू भएपछि आइपिओ निश्कासनदेखि कारोबार हुँदासम्म हाल लाग्दै आएको ६ महिनाको समयावधि २ महिनामा झर्ने छ ।

बोर्डले आगामी साउनदेखि सेयर आवेदनमा आस्बा प्रणाली अनिवार्य गर्नेगरी सम्वद्ध सबै पक्षलाई पत्राचार गरिसकेको छ । 

बोर्डबाट सम्पूर्ण विवरण, पुस्तिका, प्रस्ताव स्वीकृत भएको बढीमा ७ दिनभित्रै सूचीकरणका लागि नेप्सेमा र अभौतिकीकरणका लागि सिडिएससीमा निवेदन दिनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको