Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा हट्यो जोर-बिजोर प्रणाली, अब टेम्पो र माइक्रो बस पनि चल्ने

अर्थ संसार

आइतबार, २० असार २०७८, १७ : ३९ मा प्रकाशित

उपत्यकामा हट्यो जोर-बिजोर प्रणाली, अब टेम्पो र माइक्रो बस पनि चल्ने

काठमाडौं उपत्यकामा अब पर्सि असार २२ देखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाइएको छ भने टेम्पो र माइक्रो बस पनि चल्न पाउने भएकाछ्न् ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।

परिमार्जित निषेधाज्ञा पर्सि असार २२ गते देखि ३१ गतेसम्म जारी रहेने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

त्यसैगरी, किराना तथा खाद्यान्न पसलहरु पनि दिनभर संचालन हुने छन् । यस्तै, डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, सुन पसल अटोमोबाइल शोरुम तथा निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको हो । संक्रमणदर क्रमशः घट्दै गएसँगै जनजीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो पारिएको छ ।

60e1a41c805fa.jpg 60e1a41c85c77.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको