Like us!
Follow us!
Connect us!
Watch us!

किन बढेन अपेक्षाकृत शेयरको मूल्य ?

सोमबार, १५ जेठ २०७४, १८ : ५७ मा प्रकाशित

किन बढेन अपेक्षाकृत शेयरको मूल्य ?

जसरी सामाजिक संजाल र आम संचारका माध्यमहरूमा बिभिन्न विषयवस्तुहरूलाई आधार बनाऊदै शेयर मूल्यको बारेमा अपेक्षा र अनुमानहरू व्यक्त गरिएका थीए, करिब - करिब ती फेल भएका छन्।

सामान्य सिद्दान्तलाई पनि यसपटकको बजारले अनुमोदन गरेन। नयॉ बजेटको संघारमै शेयर बजारले सिद्दान्तको  ट्रेनलाई नै झापट हानेको देखियो। धेरैले भनेका थीए- यी कारणहरूले बजार धेरैनै माथी उक्लनेछ :
    १. स्थानिय चुनाव हुदैछ, त्यसैले
     २. काठमाण्डौ बाहिर बोर्कर अफिस खोलिदैछ, त्यसैले
      ३.  बिद्धुतिय कारोवार सुरू गरिने छ, त्यसैले
      ४.  आस्वा लागु हुनेछ, त्यसैले
      ५. नयॉ कारोवार एेन आउनेछ, त्यसैले।  

यी त सबै भैसकेका काम भए आजका दिनमा। नभएका पनि अरू केहि थीए। जसमाथी पनि अपेक्षा राखिएको थीयो। नभएकानै नभएरै नबढेको भए के भनौं नत्र हिजो नयॉ धीतोपत्र नियमावलीको घोषणा गर्दै गर्दा पनि ईन्डेक्स १६ अंकले घटेको छ। 

शेयर बजारमा अनुमानहरू नमिल्न सक्छन्। तर सामान्य रिफर्मका सिद्दान्तहरूले पनि एकपछि अर्कोले काम नगर्दै जॉदा त्यसको अन्तर्यनै खोजी गर्नु जरूरी हुनजान्छ।

हुनत हाम्रो शेयर बजार अत्यन्तै बुम हुदापनि २ अर्बको कारोबार हो। नत्र ५०/६० करोडमा बजार पेन्डुलम भईरहेको हुन्छ। हजारौं अर्बपति छन् आजको यो देशमा।

यसरी भन्दा २/४ जना व्यापारीले आफ्नो अनुकुल बजार घुमाऊन कुनै गाह्रो नहोला। यो त यदा कदा भईरहेको पनि देखीन्छ।

तर बजारजस्तो पनि देखिनुपर्ने अनिवार्य सर्त लाई मान्ने हो भने शेयर बजारले सर्त मानिरहेको दखिदैन यसपालि। किन होला ? छलफल गर्नु जरूरी देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको