Like us!
Follow us!
Connect us!
Watch us!

मोबाईल सेटको IMEI दर्ता प्रक्रियामा प्राविधिक समस्या, समय थप गरिने प्राधिकरणको प्रतिबद्धता

अर्थ संसार

विहीबार, २४ असार २०७८, ०७ : ३९ मा प्रकाशित

मोबाईल सेटको IMEI दर्ता प्रक्रियामा प्राविधिक समस्या, समय थप गरिने प्राधिकरणको प्रतिबद्धता

नेपाल दुरसञ्चार प्राधिकरणले बिदेशबाट आयातित मोबाइल सेटहरुको IMEI नम्बर दर्ताका लागि कम्पनीको वेबसाईटमा दिइएको  https://eir.nta.gov.np/main/individual  लिंकमा अत्याधिक चाप बढेपछि प्राविधिक समस्या देखिएको जनाएको छ । 

उक्त समस्या समाधान गर्न प्रयासरत रहेको भएतापनि उक्त प्रणाली सुचारु हुन भने केहि समय लाग्ने भएकाले समस्या समाधान पछि ग्राहकहरुलाई IMEI नम्बर दर्ता गर्न थप समय प्रदान गरिने प्राधिकरणले जनाएको छ ।

धेरै मोबाइलका प्रयोगकर्ताहरुलाई सबै प्रयोगकर्ताको IMEI नम्बर दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम र अन्योलता रहेको भन्दै प्राधिकरणले व्यवसायिक हिसाबले नियमानुसार आयात भई नेपालमै खरिद भई प्रयोग भएका मोबाईल सेटको हकमा ग्राहकले आईएमईआई नम्बर दर्ता गर्नुनपर्ने स्पष्ट पारेको छ । 

व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दुरसञ्चार सेवा अवरुद्ध नहुनेगरी व्यवस्था मिलाईने र अवरुद्ध आईएमईआई दर्ता प्रणली सुचारु भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाईने र हाल अबरुद्ध आईएमईआई दर्ता प्रणालीका कारण ग्राहकमा पर्न गएको असुविधा प्रति प्राधिकरण क्षमाप्रार्थी रहेको जनाएको छ ।

प्राधिकरणले नेपालमा मोबाईल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाईल सेट खरिद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरिद गरि अनावश्यक झन्झट र अन्योलबाट मुक्त हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।   

60e65bf0e691b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको