Like us!
Follow us!
Connect us!
Watch us!

२५ गतेबाट सिद्धार्थ बैंकको हकप्रद  बजारमा

मंगलबार, १६ जेठ २०७४, ११ : ४४ मा प्रकाशित

२५ गतेबाट सिद्धार्थ बैंकको हकप्रद  बजारमा

अर्थ संसार, काठमाडौं–  जेठ २५ गतेबाट सिद्धार्थ बैंकको हकप्रद सेयर बजारमा आउने भएको छ ।  

बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको अनुसार उक्त हकप्रद सेयर जेठ १४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।

बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ दरको १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद शेयरमा असार २८ गते सम्म आवेदन दिन सकिन्ने छन् ।   बैंकको हकप्रद  विक्री गर्न आज बुक क्लोज गरेको छ । 

आवेदन दिन सक्ने स्थानहरु 

लगानीकर्ताले सिद्धार्थ बैंकको हात्तिसार, काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, लक्ष्मी क्यापिटल लिमिटेड, वानेश्वर, र सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको