Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको आईपीओमा आवेदनको वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

आइतबार, २७ असार २०७८, १७ : १७ मा प्रकाशित

युनियन लाइफको आईपीओमा आवेदनको वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा लगानीकर्ताहरूकाे ओइराे लाग्ने क्रम जारी नै छ ।  कम्पनीकाे आईपीओमा पहिलाे दिन नै माग गरिएको भन्दा धेरै आवेदन परेकाे थियाे  ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आइतबार ५ बजेसम्ममा १८ लाख ३० हजार ३ सय ५५ जना आवेदकबाट २ करोड ९३ लाख ९४ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.०६ गुणा बढी आवेदन हो  ।

कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे हाे ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सम्मका लागि छिटोमा असार २८ गतेसम्म र ढिलाेमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको